फागुन २५ गौरीगञ्ज । गत बर्ष नेपाल लगायत पुरै बिश्व कोभिड १९ को चपेटामा परेको बेला सीमा क्षेत्रको जोखिम लाई देखेर प्रदेश नँ १ सरकारले गौरीगञ्ज गाउँपालिका लाई रेड जोनमा राख्यो । तर रेड जोनमा परेर पनि कोभिड १९ बिरुद्ध फ्रन्टलाईनर मा उभिएका गौरीगञ्ज क्षेत्र का केहि योद्धाहरू का कारण छिमेकी पालिका हरु भन्दा गौरीगञ्ज गाउँपालिका सुरक्षित नै रह्यो । कल्पना गरिए जति क्षति गौरीगञ्जले बेहोर्नु परेन । हो, गौरीगञ्जबासीहरु लाई कोराना भाईरस कोभिड १९ को जोखिमबाट जोगाउन अग्रपङ्क्तिमा खटिने एक जना महिला सुमी गुरुङ पनि थिइन । पुरै बिश्व कोरोना भाइरस को सन्त्रास मा परेको बेला स्वास्थ्य शाखा गौरीगञ्ज अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी मा कार्यरत ल्याब टेक्निसियन सुमी गुरुङ सँभावित सँक्रमित हरुको स्वाब झिक्ने जस्तो अत्यन्तै जोखिम पुर्ण काममा खटिएकी थिइन् र गौरीगञ्ज क्षेत्र कोरोनाको जोखिम बाट मुक्त नभएसम्म यिनि आफ्नो काममा अविचलित भएर खटिरहिन् र गौरीगञ्जबासी र गौरीगञ्ज गाउँपालिका क्षेत्र लाई सँक्रमण मुक्त बनाएरै छोडिन् ।
सँक्रमण को जोखिम रहेकै बेला सँभाबित तथा सँक्रमित हरुकै सँपर्क मा रहेर उनिहरुको नमुना सँकलन गरि रोग पहिचान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनै योद्धा गुरुङ लाई गौरीगञ्ज गाउँपालिका ले जोखिम भत्ता दिन बाहेक अरु दृष्टिकोण बाट उनको योगदानलाई पहिचान गर्न सकेन । गौरीगञ्ज गाउँपालिका ले उनको महत्वपूर्ण भुमिका लाई नत कदर गर्न सक्यो न त सम्मान गर्न नै । तर उनले पुर्याएको योगदानलाई दमक जेसिजले सँझिएको छ र सम्मान तथा कदर गरेको छ ।
कोरोना भाइरस महामारीका समयमा विरामीहरुको नमुना सँकलनमा दत्तचित्त भई सेवा पुर्याएको भन्दै दमक जेसिजले प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जकी सुमी गुरुङलाई सम्मान गरेको छ ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसका अवसर पारेर दमक जेसीजले सोमबार एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । सम्मानपत्र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले हस्तान्तरण गरिन् ।
कोभिड महामारीले आक्रान्त बनाएको अवस्थामा उनले अग्रभागमा अहोरात्र खटेर पिसिआर नमुना संकलकका रुपमा काम गरेकीले उनको उक्त योगदानलाई कदर गरी थप हौसल्ला प्रदान गर्न सो सम्मान गरिएको अध्यक्ष सुयोग खरेलले बताए। .
सम्मान कार्यक्रममा दमक जेसीजका पदाधिकारी,पूर्व अध्यक्ष,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक मधु गुप्ताले बताईन् ।