नयाँ प्रमुख प्रसाशकिय अधिकृत आएपछी गौरीगञ्ज गाउँपालिकामा देखिएको कर्मचारी ब्यवस्थापनको बेथिती कायमै छ । प्रमुख प्रसाशकिय अधिकृत मणीराम खतिवडाले मनोमानी ढँगले शाखा तथा वडाहरुमा कर्मचारी फेर वदल र अपुग हुने गरि ब्षबस्थापन गर्दा लामो समय देखि सेवाग्राहिले दुख झेलिरहेका छन् । वडा नँ २ र वडा नँ ४ को काम कारवाहिको जिम्मा एउटै सचिबलाइ दिदा वडा नँ २ र ४ का जनताले सेवा लिन दुइ महिना देखि झन्झट झेलिरहेका छन् ।

दुइ महिना यता वडा नँ २ र वडा नँ ४ को कार्यालयको जिमेवारी वडा सचिब अजय साहले थेग्दै आएका छन् । वडा सचिब साहले बिहान १० देखि मध्यान्ह १२ बजेसम्म वडा नँ २ मा र मध्यान्ह १२ बजे पछीको समय वडा नँ ४ मा बस्ने गरेका छन् । कार्यालय समयको फुल टाइम सचिब वडा कार्यालयमा नहुँदा सेवा प्रवाहमा समस्या भएको कुरा वडा नँ २ का वडाध्यक्ष किनालाल राजवँशी बताउछन् । उनि वताउछन् ‒ अर्को ब्यवस्था नहुञ्जेलका लागि भनेर उएटै सचिबलाइ दुइ वटा वडाको जिम्मेवारी दिइ पठाएइको थियो । एउटै सचिबले दुइवटा कार्यालयमा सेवा दिनु पर्दा सेवा प्रवाहमा अप्ठ्यारोपन देखिएको छ । वडा नँ ४ का वडाध्यक्ष फेकाप्रसाद गिरीको भनाइपनि ठ्याक्कै यस्तै छ । मध्यान्ह १२ बजेसम्म वडा सचिब ले अर्कै वडा कार्यालयमा सेवा दिदा आफ्नो वडामा बिहानै आएका सेवाग्राहिहरुले दुइ तिन घण्टा कुर्नु पर्ने बामध्यता देखिएको कुरा उनि बताउछन् । उता नयाँ प्रसाशकिय अधिकृत खतिवडाले कृषि शाखालाइ निष्कृय प्राय बनाइदिएको छ । कृषि र पशु दुबै शाखाको कार्यकारिणी अधिकार पशु शाखाका घनेन्द्र भण्डारीलाइ दिएपनि कागजातमा गाउँपालिकाकै स्टाम्प चलाउनु पर्ने बाध्यात्मक ब्यबस्था गरेपछी सेवा ग्राहिहरु कृषि शाखा र गाउँपालिका ओहोरदोहोर गर्न बाध्य भएका छन् । यस अघि वडाको सिफारिसमा कृषि सँबन्धी सबै काम कृषि शाखा बाटै हुने गरेको थियो ।

यता एउटै सचिबले दुइवटा वडाको जिम्मेवारी सँहालीरहेको बेला उता गाउँपालिकाको शिक्षा शाखामा भने नियम बिपरित दुइदुइवटा शाखा अधिकृत बहाल रहेका छन् । शिक्षा शाखामा स्थायी दरबन्दिको शाखा प्रमुख आइ सक्दा समेत शाखामा करारका अधिकृत केशब भट्टराइलाइ हटाक्षइएको छैन । तर कर्मचारी अभाव कै बेला केहि दिन अघि स्यायी दरबन्दीका इञ्जिनियर शुसान्त बुडाथीकी हाजिर हुन थालेपछी करारका इञ्जिनियर सबिन क्षेत्रीलाइ राजनैतिक पुर्वाग्रह राखेर सेवा बाट हटाएएको छ । स्थायी दरबन्दीको इञ्जिनियर आएपछी करारको इञ्जिनियर क्षेत्रीलाइ सेवाबाट हटाउदा करारको शिक्षा शाखा अधिकृत लाइ किन हटाइएन ? आखिर त्यहापनि स्थायी दरबन्दीका अधिकृत आइसकेका छन् त भन्ने जिज्ञासामा गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले सो बारे आफुलाइ जानकारी नै नभएको गैर जिम्मेवार जवाफ दिएकी थिइन भने प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाले सो बारे आफुहरुले छानबिन नगरेको जस्तो गैर जिम्मेर्वार जवाफ दिएका थिए । एक महिना अघि नै करारका इञ्जिनियर लाइ बर्खास्त गेको कार्यापालिका गत कार्तिक १८ गते बैठक बस्दा समेत अनधिकृत रुपमा जागिर खाइरहेका शिक्षा शाखाका करार अधिकृत भट्टराइ बारे मौन देखिएको छ । स्थायी दरबन्दीको शिक्षा अधिकृत हाजिर भइसके पछी करारक कर्मचारीले बुझेका तलब रकमलाइ महालेखा परिक्षकको प्रतिबेदनले बेरुजु देखाएको छ ।

कार्यालयमा कर्मचारी अपुग रहेपनि यस अघि का प्रमुख प्रसाशकिय अधिकृत कृष्ण बहादुर कार्कीले सबै वडा र शाखाहरुलाइ पुग्ने गरि कर्मचारी ब्यबस्थापन गरेका थिए । साउन २५ गते नयाँ प्रमुख प्रसाशकिय अधिकृत हाजिर भएपछी उनले कर्मचारी बैठक नै नबसी र कर्मचारीहरुको मनस्थिति नै नबुझि मनोमानी र असहज ढँगले कर्मचारीहरु हेरफेर गरेका थिए । असहज तरिकाले शाखा तथा वडाहरुमा कर्मचारी हरुको फेरबदल भएपछि गाउँपालिका का अधिकाँश कर्मचारी हरुमा असन्तुष्टि देखिएको छ । भने अधिकाँश कर्मचारी हरुमा देखिएको असन्तुष्टि र असहजताका कारण यस आर्थिक वर्षको पहिलो चौमासिक को प्रगती शुन्य प्राय देखिएको छ ।

पछिल्लो समय उनले कतार का कर्मचारी हरुले खाईपाई आएको सुबिधा कटौती र आफुलाइ दोहोरो फाइदा पुग्ने गरि प्रोत्साहन भत्ता तथा अतिरिक्त सेवा सुबिधा सँबन्धी कार्यबिधि बनाएर कार्यपालिका बैठकमा ब्यापक छलफल नै नचलाइ गौरीगञ्ज राजपत्रमा प्रकाशित गरेका थिए । यस बारे गौरीगञ्ज दर्पणले समाचार प्रकाशन र प्रसारण गरेपछी गत कार्तिक १८ गते बसेको कार्यपालिका बैटकले सो कार्यबिधि रोकेको छ । अर्को ब्यबस्था नभएसम्मका लागि सो अतिरिक्त सेवा सुबिधा सँबन्धी कार्यबिधि स्थगित राखेको कुरा गाउँपालिकाका प्रवक्ता बद्री नारायण यादवले बताएका छन् ।