कार्तिक २, गौरीगञ्ज । पछिल्लो अपडेट अनुसार गौरीगञ्ज वडा नं १ मा करिब १ सय २० परिवार बिस्थापित भएको खबर प्राप्त भएको छ । सोमबार साँझ देखि परिरहेको अबिरल बर्षाका कारण कन्काई बनियानी लगायत का नदिहरुमा पानीको सतह बढेर वडा नँ १ का बिभिन्न टोलका करिब १ सय २० घर परिवार डुवानमा परेका छन् ।‌

वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी ले दिएको जानकारी अनुसार होकलबाडीका ६० परिवार, बालुवाडीका २२ परिवार टप्पु बस्ती का १८ परिवार, ईश्वर बस्ती का १७ परिवार र कन्काई पुल छेउमा दुई परिवार को घर डुवानमा परि बिस्थापित भएका छन् ।

बिभिन्न होलि को भगालो तथा कन्काई र बनियानी नदिको भगालो बस्ती क्षेत्र मा पसेको र केहि सडक पुल तथा खेतबारी बगाएको खबरहरु प्राप्त भएका छन् ।

दिउसो शसस्त्र प्रहरी तथा जनपद प्रहरी लगायत स्थानीय हरुको सहयोगमा टप्पु बस्ती को एतुवारी मुर्मु टोलबाट १० परिवार र त्योभन्दा माथ्लो टोलबाट ८ परिवार लाई उद्दार गरि केहि लाई टुनु बस्ती को रेडक्रस भवनमा र केहिलाई कन्काई को बाँध माथि व्यवस्थापन गरिएको छ भने अन्य क्षेत्र का केहि परिवार हरु स्वत बाध लगायतका सुरक्षित स्थानमा गएर बसेका छन् । उद्धार गरिएका परिवार लाई केहिवेर अघि वडा कार्यालय को समन्वयमा च्युरा चाउचाउ लगायतका खाद्य सामग्री बितरण गरिएको कुरा वडाध्यक्ष राजबँशीले जनाएका छन् ।

होकलबाडी, चौरी , बालुवाडी, बिर्खे बस्ती, कादगाउँ लगायतका क्षेत्रहरूमा हजारौ बिघा पाक्न लागेको धानबाली नष्ट भएको छ ‌
नेपाल बाढी सूचनाले साँझ ५ बजे जारी गरेको एउटा सूचना जारी गरेर कन्काई को पानी को सतह सर्तकता पार गरेर खतरातह नजिक पुगेको जनाउ दिएको छ । सूचनामा भनिएको छ-इलामको कन्काइ नदी मैनाचुली जलमापन केन्द्रमा नदीले सतर्कता पार गरी खतरा तह नजिक रहेको तथा बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।