जेठ १०, गौरीगञ्ज । दुइ दिन अघि उच्च ज्वरो, खोकि लगायतको शँकास्पद लक्षण देाखिएकी गौरीगञ्ज २ तुलार्चौनकी १२ बर्षिया बालिकाको कोरोना रिपोर्ट नेगेटिभ आएकोछ । शँकास्पद लक्षण देखिएपछी उनलाइ गत जेठ ८ गते एम्बुलेन्समा राखेर भद्रपुर स्थित मेची अस्पतालको आइसोलेसनमा पुर्याइएको थियो । त्यहीँबाट उनको स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको थियो । कोशी अस्पतालको प्रयोगशालामा पिसिआर प्रविधिबाट स्वाब परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् ।
बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको र उनलाइ डिस्चार्ज गरि आजै घर ल्याइने बताइएकोछ ।
प्रतिक्रिया लेख्नुहोस्

