चैत २६, गौरीगञ्ज । चैत २२ गतेदेखि गौरीगञ्जमा शुरु भएको ७२ घण्टे अखण्ड सँकिर्तन अष्टयाम को अन्तिम दिन बिबाद भएको छ । आयोजक ले किर्तन मण्डली हरुलाई सम्मानमा भेदभाव गरेपछि अन्तिम समयमा आएर सो अष्टयाम बिबादित भएको हो । बिदाई को बेला किर्तन मण्डली हरुलाई असमान व्यवहार गरेको भन्दै असन्तुष्ट किर्तन मण्डली हरुले आयोजक बिरुद्ध नाराबाजी गरेका छन् । अष्टयाम मा सहभागी १९ वटा किर्तन मण्डली मध्ये १४ वटा किर्तन मण्डली नाराबाजी मा उत्रिएका थिए । नाराबाजी र बिबाद पछी असन्तुष्ट किर्तन मण्डली हरुले आयोजक बिरुद्ध नाराबाजी गर्दै गौरीगञ्ज चोक परिक्रमा गरि पुन: कार्यक्रम स्थल पुगेका थिए ।
शुक्रबार राति नै समापन हुनु पर्ने अष्टयाम मा १० घण्टा समय थप गरि शनिबार बिहान सवा सात बजे समापन गरिएको थियो । समापन पछि सबै किर्तन मण्डली हरुले झाक्री प्रदर्शन गरेका थिए । झाकी प्रदर्शनपछी किर्तन मण्डली हरुलाई बिदाई को बेला आयोजकले कुनै मण्डली लाई १६ हजार रुपैया भन्दा बढि र कुनै मण्डली लाई ५ हजार रुपैया मात्र दिएको भन्दै बिबाद भएको थियो ।
“हामी सबै मण्डली हरुले शुरु कै दिन देखि बराबर रुपमा रात दिन नभनि अष्टयाम सम्पन्न गर्न बराबर रुपमा खटियौ तर आयोजकले हामी लाई भेदभाव पुर्ण ढँगले बिदाई गर्यो ।” – कदमगाछी मण्डली का एक सदस्यले भने । आयोजक ले बिदाई रकममा मात्र हैन झाकी पछीको रामनामी खाँदा बितरण मा पनि भेदभाव पुर्ण व्यवहार गरेको गुनासो मण्डली हरुले गरेका छन् । आयोजकले कुनै मण्डली को सबै सदस्य हरुलाई रामनामी खाँदा ओढाएको र कुनै मण्डली को अध्यक्ष लाई मात्र ओढाइएको गुनासो उनिहरुको छ । आयोजकले चन्दा उठाएर अनावश्यक खर्च गरेको र दानपेटीका हरुमा समेत लाखौ गोप्यदान परे पनि आयोजकले बिदाई मा असमान व्यवहार र कञ्जुस्याइँ गरेको उनिहरुको आरोप छ ।
आयोजकले उद्घाटन को दिन पनि आसन ग्रहण मा भेदभाव पुर्ण व्यवहार गरेका थिए । उद्घाटन कार्यक्रम मा गौरीगञ्ज गाउँपालिका का सबै वडाध्यक्ष हरुलाई अतिथि का रुपमा आमन्त्रण गरेपनि गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष लाई निमन्त्रणा नै गरेका थिएनन् भने शिक्षा नियमावली विपरित गौरीगञ्ज आधारभुत प्राथमिक विद्यालय चार दिन देखि बन्द गरि बिद्यालय हाता भित्र भोजको आयोजना गरेका थिए । कार्यक्रम स्थल बाहिर अग्लो घर र रुखमाथि २० वटा भन्दा बढी स्पिकर राखेर ध्वनि प्रदुषण गरेको मा स्थानिय हरुको बिरोध पछी विद्यालय समय र राति १२ बजेपछि माथिको स्पिकर बन्द गराइएको थियो ।