मँसिर १७ गौरीगञ्ज । विश्व अपाङ्गता दिवसको अवसरमा गौरीगञ्ज गाउँपालिकाले अपाङ्गता सहयोग सामग्री वितरण गरेको छ । गाउँपालिका भित्रका बिभिन्न प्रकारका अपाङ्गता भएका ४५ जना व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गरिएको हो ।

दिवसको अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले ९ जनालाई ह्विलचियर, १० जनालाई कमोट चियर, १५ जनालाई इयर फोन, २ जनालाई वाकर, ५ जनालाई ह्वाईटस्टिक र ४ जनालाई ब्लाईन्ड स्टिक वितरण गरिएको कुरा अपाङ्गता सहयोग समितिका अध्यक्ष शेरमान बुढाथोकीले जनाएका छन् ।


अपाङ्गता समन्वय समिति सँयोजक तथा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको सभापतित्वमा र गापा अध्यक्ष फुलबती राजबँशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजिकरण अपाङ्गता सहयोग समिति गौरीगञ्जका अध्यक्ष शेरमान बुढाथोकीले गरेका थिए ।‌