राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नँ १ बाट को को निर्वाचित भए ? हेर्नुहोस ।

पढ्न समय: 2 मिनेट

विराटनगर । राष्ट्रियसभा सदस्यको लागि विहीबार भएको भएको निर्वाचनमा प्रदेश १ मा तीनै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । 

नेकपाका उम्मेदवारहरू देवेन्द्र दाहाल, गोपीबहादुर सार्की (आछामी) र इन्दीरादेवी गौतम विजयी भएका हुन् ।  अन्य तर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार प्राप्त गरे । उनले कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेलाई पराजित गरे । घिमिरेले २ हजार ७ सय ६६ मत भार प्राप्त गरे । यसैगरी समाजवादी पार्टीका उम्मेदवार भरतराज दाहालले २ सय ६४ मतभार प्राप्त गरे ।

- Advertisement -
Ad image

नेकपा दाहाललाई हालिएको एक मत भने बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।  महिलातर्फ विजयी नेकपाकी गौतमले ६ हजार ४ सय २६ मतभार प्राप्त गरिन । कांग्रेसकी मिना पुलामी मगरले २ हजार ६ सय २२ मतभार प्राप्त गर्दा समाजवादी पार्टीकी कमला बडाहीले २ सय ६४ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दलिततर्फ विजयी बनेका नेकपाका गोपीबहादुर आछामीले ६ हजार ३ सय ३० मतभार पाए । कांग्रेसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानकुमार परियारले २ सय ६४ मतभार प्राप्त गरे ।  निर्वाचनमा प्रदेशसभा सदस्य नेकपाकी गुलेफुन मिया अनुपस्थित थिइन ।

नेकपाकाबाट विजयी स्थानीय तहका एक प्रमुख निर्वाचनमा मत हाल्न आएनन् । निर्वाचनको लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको थियो ।प्रदेश १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७४ गरी कुल ३६७ जना मतदाता थिए । प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ ।  अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन् ।

नेकपाका मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज पनि हुन । गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा.राजन भट्टराईकी सासू हुन् । दाहाल तत्कालीन एमालेको झापा जिल्ला सचिव हुन । उनी नेकपाका केन्द्रीय सदस्य पनि हुन ।

कोशी खबर  डटकमबाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *