मेलमिलाप कार्यकर्ताहरुले खाए सपथ

पढ्न समय: 1 मिनेट

झापा २१ फागुन । गौरीगञ्ज गाउँपालिका क्षेत्रमा हुने झैझगडा तथा बिबादहरु समाधान गर्न गठित मेलमिलाप समितीका सदस्य तथा मेलमिलाप कार्यकर्ताहरुले बुधबार एक कार्यक्रमका बिच आचार मेलमिलाप कर्ताले पालन गर्नु पर्ने आचार सँहिताको सपथ खाएका छन् । उनिहरुलाइ गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिती सँयोजक दिपेन्द्र थापाले सपथ ख्वाएका छन् ।
मेलमिलाप कार्यकर्ताहरुलाइ बिबाद समाधान गर्न सहज हुने उद्देश्यले न्यायीक समितीले उनिहरुलाइ एक हप्ते प्रशिक्षण समेत दिएको छ । गत फागुन १५ गते देखि शुरु भएको प्रशिक्षण कार्यक्रम २१ गते समापन भएको छ । प्रशिक्षणमा ६ वटै वडाका जम्मा ४८ जना मेलमिलाप कर्ताहरु सहभागि भएका थिए भने उनिहरुलाइ प्रशिक्षक तथा कानुन ब्यावशायी अमृत बुढाथोकी र देवी निरौलाले प्रशिक्षण दिलाएका थिए । प्रशिक्षणमा नेपालका बिभिन्न कानुन लगायत फौजदारी तथा देवानी सँहिताको बारेमा प्रशिक्षण दिएइको थियो ।
बुधबार समापन समारोहमा प्रशिक्षणमा सहभागि हरुलाइ प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिती सँयोजक दिपेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न समापन मा सहभागि का तर्फबाट भोला खतिवडाले प्रतिबेदन प्रस्तुत गरेका थिए भने कैलाश मास्केले प्रशिक्षणको मुल्याँकन गरेका थिए । त्यसै गरि सहभागिकै तर्फबाट नौताली राजवँशी र पर्शुराम काफ्लेले अनुभव मन्तब्य राखेका थिए । समापन समारोहको सहजिकरण न्यायीक समितीका तर्फबाट राजेन्द्र ताजपुरियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *