माया प्रेम हृदयमा राख (कबिता)

पढ्न समय: 1 मिनेट

पुजन न्यौपाने कुँवर

गौरीगञ्ज १ कुञ्जीबारी

- Advertisement -
Ad image

तिमी जस्तो कर्म गर्छौ
फल त्यस्तै पाउँछौ ।
देउता खोज हृदयमा
मन्दिर किन धाउँछौ ।
मन खुलाइ हास्ने गर
दुख पीडा भुलाउँछौ ।
पराइलाइ आफ्नो बनाउ
सुख त्यहि पाउँछौ ।
घमण्डको जाली भित्र
अध्यारो नै पाउँछौ ।
पराइ त कता कता
आफ्नै लाइ गुमाउँछौ ।
सानालाइ माया गर
माया नै पाउँछौ ।
ठुलालाइ आदर गर
सानालाइ सिकाउँछौ ।
कोदो रोपे कोदो नै फल्छ
धान कहाँ फलाउँछौ ।
सबैलाइ माया गर
माया नै माया पाउछौ ।
रिस डाहा आँखा तराइ
पराइ किन गराउँछौ ।
दुइ दिनको जीवनपनि
दुखि किन बनाउछौ ।
ठुस्स पर्यो जति नै बेला
मौसम किन बिगार्छौ ।
तिमी त दुखि भयौ भयौ
अरुलाइ पनि दुखि तुल्याउछौ
झर्की फर्की जति नै बेला
मनमनै कराउछौ ।
उजेली मौसम भन्दा
अँधेरी मन पराउछौ ।
ऋझै पनि समय छ
जीवन बिन्दास जिउछौ ।
माया प्रेम हृदयमा राख
सुखमै जीवन बिताउछौ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *