
झापा २९ पुस । गौरीगञ्ज गाउँपालिका ले माघे सँक्रान्तिको अबसरमा भोलि बुधबार सार्बजनिक बिदा दिने घोषणा गरेको छ । मँगलबार एक सुचना प्रकाशित गरि गाउँपालिका ले माघ १ गतेबिदाको घोषणा गरेको हो ।
प्रमुख प्रसाशकिय अधिकृत प्रबिण दाहालद्वारा हस्ताक्षरित सुचनामा लेखिएको छ – गौरीगञ्ज गाउँपालिका को मिति २०७६ पुस २५ गतेको निर्णय अनुसार २०७६ माघ १ गते बुधबार हिन्दु धर्मालम्बिहरुको महान चाँड मकर सँक्रान्ति पर्न गएको हुदा उक्त दिन यस गाउँपालिका र अन्तर्गतका सँपुर्ण कार्यालयहरु , सँस्थागत र सामुदायिक बिद्यालयहरु स्वास्थ्य सँस्थाहरु तथा अन्य सँघ सँस्थाहरुमा सार्बजनिक बिदा गरिएको कुरा जानकारीका लागि अनुरोध छ ।
गौरीगञ्ज गाउँपालिकामा सँक्रान्तिको अबसर पारेर बडा नँ १ रँगियाथान र वडानँ २ भाकुरमारीमा कन्काइ माइ नुहाउने को घुइचो लाग्छ भने बिभिन्न खेल तमासा सहित मेला समेत लाग्ने गरेको छ ।

