गौरीगञ्ज, १८ कार्तिक । ईलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगञ्जका दुइ घरमा छापा मारी भारी मात्रामा गाँजा बरामद गरेको छ । प्रहरी निरिक्षक गणेश भट्टराइ को नेतृत्वमा गएको टोलिले गौरीगञ्ज चोक स्थित गैठु भनिने देवनारायण महतोको घरबाट ५ सय ग्राम र गौरीगञ्ज ४ स्थित सरिया बाबाजी भनिने बुधलाल राजवँशीको घरबाट २ किलो १ सय १५ ग्राम गाँजा बरामद गरेको कुरा जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता महेन्द्र श्रेष्ठले जनाएका छन् ।
गोप्य सुचनाको आधारमा छापा मारी प्रहरीले सो लागु औषध बरामद गरेको कुरा इप्रका गौरीगञ्जले बताएको छ । सो गाँजा सँगै प्रहरीले देवनारायण महतो र बुधलाल राजबँशीलाई अनुसन्धानका लागि पक्राउ गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

