पारी झापा, वारी गौरीगञ्ज : बिचैमा भाटे पुल

पढ्न समय: 1 मिनेट

झापाको गौरीगञ्ज–१ स्थित रंगियथान र झापा गाउँपालिका जोढ्न कनकाई नदीमा बाँसको पुल सञ्चालनमा ल्याइएको छ ।

गौरीगञ्ज र झापा गापा बिचको आवातजावतका लागि स्थानीय अरुण मण्डलले पुल निर्माण गरिदिएका छन् । लक्ष्मी पुजाको दिनका अवसरमा पुल सञ्चालनमा ल्याइएको हो ।

- Advertisement -
Ad image

स्थानीयलाई पुल नहुँदा आवातजावतमा कठिनाइ भइरहेको थियो । कनकाई नदीमा निर्माण भएको सो बाँसे पुलमा आवातजावत गर्न कनकाई नगरपालिका, गौरीगञ्ज, झापा र शिवसताक्षीका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् ।

मुख्य राजमार्ग बाहेक दक्षिण क्षेत्रमा हालसम्म पक्का पुल निर्माण भएका छैनन् । पुल नहुँदा सर्वसाधारण कष्टकर वारपार गर्दै आएका थिए । सवारी भएका नागरिक सुरुङा घुमेर ओहोरदोहोर गर्दै आएका छन् ।

ईजलास डटकमबाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *