दुबइमा गौरीगञ्जका राजवँशी युवाको निधन

पढ्न समय: 1 मिनेट

झापा २७ पुस । बैदेशिक रोजगारीका लागि दुवइ गएका गौरीगञ्ज १ कुञ्जीबारीका मनिष राजवँशीको शनिबार बिहान मृत्यु भएको छ । बिहान बाथरुम पसेका उनको हृदयघातका कारण मृत्यु भएको कुरा उनका मित्र मनोज राजवँशीले सामाजिक सञ्जालमा लेखेकाछन् । उनि २२ बर्ष का खाइलाग्दा युवा थिए ।


मृतक राजवँशी गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य भिम राजवँशीका नाती हुन । उनि दुइ बर्ष अघि झापाको दमक स्थित मन्टेज ओभरसिज म्यानपावर मार्फत बैदेशिक रोजगारीका लागि दुवइ उडेका थिए भने उनि दुवइ स्थित दुवलालि रमबिम कम्पनीमा कार्यरत थिए । गौरीगञ्ज १ कुञ्जीबारी का अमर राजवँशी का जेठा छोरा उनि यहि माघ मा घर आउने तयारीमा रहेको कुरा पारिबारीक श्रोतले जनाएको छ । उनको मृत्युको खबरले कुञ्जीबारी टोल शोकाकुल बनेको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *