७ जेठ, गौरीगञ्ज । आज थप २५ जनामा जिरोमा सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको पुष्टी गरेकोछ । जस मध्ये ७ जना महिला र १८ जना पुरुष रहेको कुरा मन्त्रालयका प्रबक्ता डा. बिकास देवकोटाले बताएकाछन् ।
सँक्रमित हरु बाँकेका ६ जना, धनकुट्टाका ५ जना, कपिलबस्तुका १३ जना र नवलपरासी पश्चीमका १ जना रहेको कुरा बताइएको छ । यो सँगै सँक्रमितको सँख्या ४ सय २७ पुगेकोछ भने मृतकको सँख्या २ पुगेकोछ । सँक्रमण मुक्त हुनेको सँख्या ४५ पुगेकोछ ।
प्रतिक्रिया लेख्नुहोस्

