झापामा छुट्टै कोरोना अस्पताल बनाउने तयारी

पढ्न समय: 1 मिनेट

बिर्तामोड — कोरोना भाइरस संक्रमितहरूलाई उपचार गर्न झापामा छुट्टै अस्पताल बनाइने भएको छ । भेन्टिलेटरसहित कम्तीमा ५० शय्याको अस्पताल बनाउन ठाउँ छनोट गर्ने काम भइरहेको छ ।

प्रदेश सरकारअन्तर्गत बन्ने उक्त अस्पताल भद्रपुरस्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवनमा वा धुलाबारीस्थित आम्दा अस्पताल भवनमा राख्नेबारे अध्ययन भइरहेको प्रदेश सरकारको क्राइसेस मेनेजमेन्ट टिमका महामारी विशेषज्ञ डा. सूर्य पराजुलीले जानकारी दिए ।

- Advertisement -
Ad image

प्रदेश १ मा विराटनगरको नेशनल ट्रेडिङ्को भवनमा कोभिड उपचारका लागि ५० शय्या तयार पारिसकिएको छ । उक्त अस्पतालमा शय्या ७५ वटा पुर्‍याउने तयारी भइरहेको डा. पराजुलीले बताए । त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक सय बेडको छुट्टै कोभिड अस्पताल निर्माण भइरहेको छ ।

‘धरान र विराटनगरमा गरी १ सय ७५ बेडको अस्पताल तयार भइरहेको छ । झापामा पनि ५० बेडको छुट्टै अस्पताल बनाउन सकिए सम्भावित महामारीमा प्रदेशवासीलाई स्वास्थ्य सेवा दिन सजिलो हुनेछ,’ पराजुलीले भने ।

इकान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *