गौरीगञ्ज । जीवन बिकास लघुबित्त बित्तीय सँस्था ले आप्ना सदस्यहरुका लागि दुइ दिने तरकारी खेती तालिम सम्पन्न गरेको छ ।
बुधबार र बिहिबार भएको सो तालिममा सँस्थामा ३६ जना सदस्यहरुको सहभागिता रहेको थियो । तरकारी खेतीलाइ ब्याबशायीकरण गर्न र तरकारी खेतीमा प्रयोग हुने बिषादीट्ठहरुका बेफाइदा बारे जानकारी दिने उद्देश्यले सञ्चालित तालिममा प्रमुख प्रशिक्षक काशी कुमार चौधरीले अर्ग्यानीक खेतीको जानकारी बिषादीका बेफाइदा माटोको परिक्षण र स्थानीय स्तरमा उत्पादीत तरकारीहरुको बजारीकरण बारे प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

