
रबिन्द्र बराल । जेेठ ३ मोरङकाेे तीन वटा नगरपालिका काे संयुक्त बैठक बाट कोरोना भाईरसको जोखिम न्युनिकरणका लागि सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने भएको छ । भारतसँग सिमाना जोडीएकाेे दक्षिणी रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिका काे संयुक्तरूपमा भएको बैठक लेे ६९ जना म्यादी प्रहरी सिमानामा तीन महिनाको लागि नियुक्त गरी म्यादी प्रहरी खटाउने निर्णय गरीएको सुनवर्शी नगरपालिका मेयर काली प्रसाद दास ले बताए ।
बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्ति हरु का लागि बृहत क्षमताको क्वारेनटाईनको व्यवस्थापन र कोरोना भाईसर नियन्त्रणको लागि प्रभावकारीताका बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।
बैठकमा तिनवटै नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, उक्त क्षेत्रका नेपाल प्रहरी र शशस्त्र प्रहरी कार्यालयका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

