आज झापाका दुई स्थानीय तहमा सार्वजनिक बिदा

पढ्न समय: 1 मिनेट

भद्रपुर । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा यही कार्तिक २५ गते झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गौरादह नगरपालिका ले आइतबार एक सुचना जारी गर्दै सोमबार फाल्गुनन्द जयन्तिको उपलक्ष्यमा बिदा दिने घोषणा गरेको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको आज सूचना जारी गरेका छन् ।

- Advertisement -
Ad image

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए ।

किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिएको छ।

उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *