
झापा २५ पुस । गौरीगञ्ज गाउँपालिकाको पाचौ गाउँसभा अन्तिम अबस्थामा आएर स्थगित भएको छ । पुस २६ गते हुने भनिएको गाउँसभा अन्तिम अबस्थामा आएर प्राबिधिक कारणले स्थगित भएको कुरा गाउँपालिकाका कार्यकारी अधिकृत प्रबिण दाहालले जनाएका छन् ।
अन्तिम समयमा आएर गाउसभा स्थगित भएपछी शुक्रबार दिउसो गाउँपालिकाका सबै जन प्रतिनिधिहरुलाइ मोबाइल एसएमएस मार्फल गाउँसभा स्थगित भएको सुचना पठाइएको थियो । यद्यपी सुचनामा गाउँसभा स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले ब्यस्तता का कारण गाउँसभा स्थगित गर्नु परेको कुरा गौरीगञ्ज दर्पणलाइ बताएका छन् । पुस २९ गते बिराटनगरमा हुने प्रदेश सभाभा भाग लिन जानु पर्ने भएकाले गाउँसभा स्थगित गरिएको कुरा उनले बताएका छन् ।
२६ गते देखि हुने भनिएको गाउँसभामा प्रस्तुत हुने एजेण्डाहरुमा सहमती जुटाउन बिहिबार कार्यपालिकाको बैठक बोलाइएको थियो । तर बैठकका लागि प्रस्तुत हुने कृषि पशु तथा शिक्षा सँबन्धी बिषयमा बिबाद भएपछी बिहिबार बैठक नै बस्न सकेन । गाउँसभामा प्रस्तुत हुने एजेण्डाहरुमा सहमती जुटाउन भनि बोलाइएको बैठक नै बस्न नसकेपछी अन्तिम समयमा आएर गाउँसभा स्थगित भएको कुरा श्रोतले गौरीगञ्ज दर्पणलाइ बताएको छ ।

