अन्तत: कोरोना नेपाल भित्रियो

पढ्न समय: 1 मिनेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ। यो खबर बिबिसिको नेपाली अनलाइन सँस्करणमा केहिबेर अघि अपलोड भएको हो ।‌

उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थी भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो।

- Advertisement -
Ad image

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो।

केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको अघि। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।

सङ्क्रमण भएको पुष्टि भएकी व्यक्ति १९ वर्षकी भएको जानकारी सरकारले दिएको छ।

युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किएको बताइएको छ।

नेपाल आएपछि उनी घरमै क्वारन्टीन अर्थात् एकान्तवासमा थिइन्। सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ।

उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको मन्त्री ढकालको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *