सद्भाव सहकारी द्वारा तीन नगरपालिका तथा प्रहरी र स्वास्थ्य कर्मि लाइ सहयोग

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोग का लागि
रंगेली नगरपालिका मा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले अाफ्नाे जिउ ज्यान घरपरिवार सबै छाडेर देश र जनाता काे लागि दिनरात काम गर्ने संस्था हरुकाे उच्च मुल्यांकन गर्दे सद्भाव बचत तथा ऋिण सहकारी रंगेली अस्पताल ,नेपाल प्रहरी र ससस्त्र प्रहरी हरु लाई संस्था काे तर्फबाट माक्र्स , साबुन , पन्जा र सेनिटाईजर हस्तान्तरण गरेको हाे । नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि बैशाख १५ गतेसम्म लकडाउन लम्बिए पछि अहिले प्रहरी हरु ले अाफ्नाे जिउ ज्यान काे सुरक्षा गरेर देश र जनाता काे निमित्त अहाेरात्र खटिने प्रसाशन हरु लाई सहयोग गरेको सद्भाव बचत तथा ऋिण सहकारी अध्यक्ष कमलेश्वर ठाकुर ले बताए । साेहि क्रममा उक्त संस्थाले रंगेली नगरपालिका चेक मार्फत लाई १५ हजार ५ सय ५१ रुपैयाँ समेत हस्तान्तरण गरिएको छ । अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारण हरु बडि समस्यामा परे पछि उनी हरु का लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्य ले धनपालथान गाउँ पालिका र सुनवर्सि नगरपालिका लाई २ सय ५० केजि चामल , १५ केजि दाल २५ केजि नुन र १५ लिटर खाने तेल गरि दुवै नगरपालिका लाई ३२ हजार रुपैयाँ बराबरको सहयोग गरेकाे छ ।

कार्यक्रममा रंगेली नगरपालिका का मेयर दिलिप बगडिया लाई चेक हस्तान्तरण र सुनवर्सि नगरपालिका का मेयर काली प्रसाद दास खाद्यान्नय तथा धनपालथान का बडा अध्यक्ष राेशन राजवंशी लाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहित ६० हजारौं रुपैयाँ बराबरको हस्तान्तरण गरेकाेे संस्था का सत्यनारायण सहनी ले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *