२२ बैशाख झापा । गौरीगञ्ज ५ जनता चोकबाट सशस्त्र प्रहरी बलले २ बोरा अबैध सुर्ति बरामद गरेका छन् । दुइवटा साईकलमा गौरीगञ्ज बजार तर्फ ल्याउदै गरेको अवस्थामा एक ब्यक्ति सहित सुर्ति बरामद भएको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जले बताएको छ । अर्का एक व्यक्ती भने फरार भएका छन् । लक डाउन अगावै सीमावर्ति क्षेत्रमा नेपाल तर्फ सो सुर्ति स्टोर गरिएको हुनसक्ने सशस्त्र प्रहरी बलले बताएको छ । सुर्ति सँगै पक्राउ परेका ब्यक्ती, २ थान साईकल र बरामद भएको सुर्ति ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइएको छ ।
२ बटा बोरामा करिब ४५ किलो तयारी सुर्ति रहेको र सो सुर्ति सँगै २ वटा साईकल बरामद भएको कुरा ईलाका प्रहरी कार्यालयले गौरीगञ्ज दर्पणलाइ जानकारी दिएका छन् । सुर्ति सँगै गौरीगञ्ज ५ फत्तेपुर का महेश्वर सिँह पक्राउ परेको कुरा श्रोतले जनाएको छ । बरामद भएको सुर्ति र पक्राउ परेका ब्यक्ति आन्तरिक राजश्व कार्यालय दमक मा बुझाइएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।