
५ जेठ गौरीगञ्ज । मोरँगको रतुवामाइ नगरपालिका १ सोनापुरका एक पुरुषमा कोरोना भाइरसको सँक्रमण पुष्टी भएसँगै सो क्षेत्र सील गरिएको छ । वडा नँ १ को पुर्वमा भल्कुवा जँगल, पश्चिममा बक्राहा खोला, उत्तरमा सोनापुर जाने कल्भर्ट र दक्षिणमा भारतिय सीमासम्म को क्षेत्रकमस पुर्ण रुपमा आवत जावत बन्द (शील) गरिएको कुरा नगरपालिकाले जनाएको छ ।
रतुवामाइ नगरपालिकाले ८ वटा स्थानमा क्वारेन्टाइन को ब्यबस्था गरेकोमा हात भारतबाट आएका १४ जना क्वारेन्टाइन मा रहेको कुरा एक सुचना मार्फत नगरपालिकाले जनाएकोछ ।
प्रतिक्रिया लेख्नुहोस्

