बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो।
बुधबार पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।प्रवक्ता देवकोटाका अनुसार उनीहरु तिनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल संक्रमितको संख्या ५७ पुगेको छ।
।