
२१ वैशाख, गौरीगञ्ज । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले बिज्ञप्ति जारी गरेर भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।
यसअघि आजै मन्त्रालयले १ जना पर्साको सहित १० जनामा कोरोना संक्रमण भएको जानकारी साँझ नियमित पत्रकार सम्मेलनमा दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालगञ्जमा सँक्रमितको सँख्या १६ पुगेको छ भने नेपाल भरी ७५ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

