प्रदेश नँ ५ मा भेटियो २ सँक्रमित : अब सँक्रमितको सँख्या ५९ पुग्यो

पढ्न समय: 1 मिनेट

नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।

- Advertisement -
Ad image

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।  उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्। 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *