
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टुु दत्त काेे घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बडि बिरामी परेका छन । काेजाग्रत पुर्णिमा काे दिन बङ्गालि समुदाय ले प्रत्येक बर्ष पुर्णिामा काे राति लक्ष्मी पुजा गर्ने र त्यस दिन जागरम समेत बस्ने गरेका छन । साेहि क्रममा १५ गते शनिबार राति पिन्टुकाे घरमा लक्ष्मी पुजा गरेेेर उनिहरु ले आफन्त तथा ईस्टमित्र हरु लाई प्रसाद ग्रहण का लागि निमत्रणा गरेर पछि सबै भेला समेत भए पुजा सकिएपछि ४० जना भन्दा बडि ले साे पुजाकाे प्रसाद ग्रहण समेत गरेका थिए । पुजाकाे प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै युवा,बालबालिका ,महिला लगायत लाई झाडापखाला सुरु भए पछि उनिहरु रंगेली अस्पताल सम्म पुगेका छन ।

पिन्टुकाे घर का सबै बिरामी परेका छन भने रंगेली अस्पतालमा ३० बर्षका रमेश शर्मा , १४ बर्षका वजरंग मंण्डल, २२ बर्षका सरस्वती शर्मा, ३६ बर्षका मनाेज साेनी, २० बर्षका सन्ताेष शर्मा , १५ बर्षका कृष्ण शर्मा, २८ बर्षका उमेश शर्मा ६५ बर्षका बिना देवि साह, ४० बर्षका ग्यानन्द मंन्डल लगायत काे रंगेली अस्पतालमा उपचार भईरहेकाे अस्पताल ले जनाएको छ । रंगेली अस्पताल का मेडिकल अधिकृत स्वेता मंण्डल का अनुसार गएराति देखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामी हरु आएकाे र उनी हरुले एउटै घरमा पुजा काे प्रसाद खाएकाे हुनाले उनी हरु लाई फुट पाेईजन भएको हुन सक्ने समेत बताए । मंण्डल का अनुसार पुजामा खाना राम्रो संग नपाकेकाे, पानी सफा नभए ,र बजार बाट खरिद गरेर ल्याएकाे हरियो साग सव्जिमा राम्रो देखाउन ब्यपारी हरु ले बडिमात्रामा किटनासक प्रयाेग गरेकाे हुन सक्ने र घरमा ल्याएर राम्रोसँग नपाकेकाे कारण ले गर्दा फुट पाेईजन भएको हुन सक्ने उनलेे बताईन । फुट पाेईजनका कारण बिरामी परेका हरु लाई निकाे हुन दुई दिन देखि ३ दिन सम्म लाग्न सक्ने उनलेे बताईन । अहिले अस्पताल मा बिरामीको चाप बडेपछि बालबालिका देखि बृद्ध हरु समेत घरमै स्लाईन पानी चडाएर बिरामी हरु उपचार गराईरहेका छन ।