नेकपा झापाका सबै स्थानीय तहका नेतृत्वको नाम सार्वजनिक : कुन पालिकामा कस्को नेतृत्व ? लिस्ट सहित

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । नेकपा कार्यदलले झापाका १५ वटै स्थानिय तहका लागि नेतृत्व चयन गरि नाम सार्वजिक गरेका छन् । झापाका १५ वटा स्थानिय तह मध्ये ९ वटा स्थानिय तह एमालेको पोल्टामा परेका छन् भने ६ वटा स्थानिय तह माओबादी केन्द्रको पोल्टामा परेका छन् ।
गौरीगञ्ज गाउँपालिकाका लागि अध्यक्षमा बिद्यानन्द राजवँशी माके र सचिबमा बिष्णु न्यौपाने एमाले चयन भएका छन् भने गौरादह नगरपिलकाका लागि अध्यक्षमा मित्रदेब काफ्ले एमाले र सचिबमा माधब भट्टराइ माके चयन भएका छन् ।
मेचीनगर नगरपालिकाका लागि अध्यक्षमा माधब अर्याल माके र सचिबमा राजु पोख्रेल एमाले चयन भएका छन् भने बुद्धशान्ती गाउँपालिकाका लागि अध्‍यक्षमा टिका पाठकएमाले र सचिबमा प्रेम नेम्वाङ माके चयन भएका छन् ।
अर्जुनधारा नगरपालिकाका लागि अध्यक्षमा प्रेम सागर सापकोटा एमाले र सचिबमा राजु शेर्मा माके छानिएका छन् भने बिर्तामोड नगरपालिकाका लागि अध्यक्षमा ज्ञानु प्रसाइ एमाले र सचिबमा मोहन कन्दङ्वा माके छानिएका छन् ।
त्यसै गरि भद्रपुर नगरपालिकाका लागि अध्यक्षमा शिबकुमार राजभण्डारी माके र सचिबमा ब्रम्हलाल ढुँगाना एमाले छानिएका छन् भने कचनकवल गाउँपालिकाका लागि अध्यक्षमा तिल बहादुर राइ एमाले र सचिबमा दल बहादुर तामाङ माके चयन भएका छन् ।
बाह्रदशी गाउँपालिकाका लागि अध्यक्षमा तोया पोख्रेल एमाले र सचिबमा लक्ष्मी तिबारी माके चयन भएका छन् भने हल्‍दीबारी गाउँपालिकाका लागि अध्यक्षमा याम राइ माके र सचिबमा हरि गौतम एमाले छानिएका छन् । कन्काइ नगरपालिमामा अध्यक्षमा रबिन्द्र लम्साल एमाले र सचिबमा बिष्णु बिमली माके छानिएका छन् भने झापा गाएँपालिकामा अध्यक्षमा रुद्र बज्गाइ माके र सचिबमा गजेन्द्र ताम्ली एमाले चयन भएका छन् ।
शिबसताक्षि नगरपालिकाका लागि अध्यक्षमा महेन्द्र भट्टराइ माके र सचिबका लागि धनबहादुर थेबे एमाले छानिएका छन् भने कमल गाउँपालिकाका लागि अध्यक्षमा भिम राइ एमाले र सचिबमा रबिन गुरुङ माके चयन भएका छन् । त्यसै गरि दमक नगरपालिकामा अध्यक्षका लागि बोधप्रसाद घिमिरे एमाले र सचिबका लागि शँकर बस्नेत माके चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *