गौरीगञ्ज । १४ असार । राष्ट्रिय बृक्षारोपण दिबसको अबसर पारेर नेकपा गाउँ कमिटी गौरीगञ्जले गौरीगञ्ज क्याम्पसको चौरमा बृक्षारोपण गरेका छन् । पार्टीका गाउँकमिटी अध्यक्ष बिद्यानन्द राजवँशी सचिब बिष्णु न्यौपाने र क्याम्पस प्रमुख सर्वतलाल राजवँशीको उपस्थितीमा सो बृक्षारोपण गरिएको हो ।
१ सय थान मसलाका बिरुवा र ५० थान टिकका बिरुवा रोपिएको कुरा गाउँकमिटी सचिब बिष्णु न्यौपानेले जनाएका छन् । पार्टीको केन्द्रिय निर्देशन अनुसार आज देशै भरि बृक्षारोपण कार्यक्रम रहेको र सोहि कार्यक्रम अन्तर्गत गौरीगञ्जमा पनि बृक्षारोपण गरिएको कुरा गाउँ कमिटी अध्यक्ष बिद्यानन्द राजवँशीले बताए ।
कृक्षारोपणमा गाउँकमिटीका गोबिन्द कुँवर‚ केदार ढुँगेल मोनिका राइ र वडा समितीका रुपक श्रेष्ठ टँक थापा सन्तलाल ताजपुरिया उर्मिला राजवँशी सुदिप राइ नारायण गिरी लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया लेख्नुहोस्

















