वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको कुरा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *