झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्। उनि झापाको बाह्रदशी गाउँपालिका को रहेको बुझिएको छ ।
५० वर्षीय कोरोना संक्रमित पुरुष उनि भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ।
गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार संक्रमित पुरुष ३५ दिन अगाडि दिल्लीबाट घर आएका हुन्।
उनले संक्रमित पुरुष दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको बताए। गाउँपालिकाले उनलाई अस्पताल पठाउने तयारी गरिरहेको छ। अध्यक्ष राजवंशीले भने, ‘हामी धरान वा विराटनगर पठाउनलाई छलफल गर्दैछौं।’
संक्रमित पुरुष दिल्लीबाट फर्केर घरमै बसे पनि उनी बजारतिर घुलमिल भएको भन्ने छ। गाउँपालिका अध्यक्ष राजवंशीले पुरुषले धेरै विवरण नदिँदा सम्पर्कमा आएकाहरू पत्ता लगाउन गाह्रो भएको बताए।