जेठ नागरिक सँघ वडा नँ ६ को साधारणसभा : ६ जना सम्मानित

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, १९ भदौ । जेष्ठ नागरिक सँघ गौरीगँन वडा समिती वडा नँ ६ को पहिलो साधारणसभा बिहिबार सम्पन्न भएको छ । खजुरगाछीको राधाकृष्ण मन्दिरमा सम्पन्न साधारण सभामा सँघका वडासमिती अध्यक्ष रामकृष्ण यादवले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रतिबेदन अनुसार वडा समितीसँग हाल २२ हजार ५ सय १७ रुपैंया रहेको देखिएको छ ।
रामकृष्ण यादव कै सभापतित्वमा सम्पन्न सभामा सँघले ६ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान समेत गरेका छन् । सम्मानित हुनेहरु मा मेदिनी प्र पन्त, बैजनाथ झा, राजेन्द्र यादब, निर्मला देवी मोदि, श्याम कुमारी लोहनी र रुक्मणी राजबँशी रहेकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *