ग्रामिण क्षेत्रमा रहेर पनि खोज पत्रकारितामा पुर्बि नेपालमै आफ्नो छुट्टै पहिचान बनाएको अनलाइन खबर पत्रिका ‘गौरीगञ्ज दर्पण डटकमले आफ्नो यात्राको दोश्रो बर्ष पार गरि आजदेखि तेश्रो बर्षमा पाइला टेकेको छ । यस अबसरमा हाम्रा सम्पुर्ण पाठक दर्शक विज्ञापनदाता र शुभ चिन्तकहरु प्रति हामी आभार प्रकट गर्दछौ ।
ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको यात्रा तय गर्न त्यति सजिलो थिएन । श्रोत साधनको कमि, बिज्ञापनको उपलब्धता नहुनु, जस्ता समस्याहरुको बाबजुद पनि दुइ बर्षको यात्रामा हामि कहिल्यै विचलित भएनौ । बिज्ञापन वा फन्ड लागि हामिले समाचारको विश्वसनियता प्रति कहिल्यै सम्झौता गरेनौ सँभवत: यहि कारणले छोटो समयमै देश भित्र र बाहिर रहनुभएका ९० प्रतिशत गौरीगञ्जबासी र अन्य धेरै नेपाली हरुको पहुचमा पुग्न सफल गौरीगञ्ज दर्पण अहिले यस भेगकै सबै भन्दा लोकप्रीय, विश्वसनिय र ठुलो सञ्चार बन्न सफल भएको छ ।
यस दुइ बर्षको अबधिमा गौरीगञ्ज दर्पण डटकमले स्थानिय सरकारको बलियो प्रतिपक्षीको भुमिका निर्वाह गर्यो । पहिलो बर्षको शुरुवातमै बाह्रसुदी सडकमा भारतिय पक्षको दादागिरी माथि गौरीगञ्ज दर्पण प्रत्यक्ष रुपमा उभिएर नेपालको पक्षमा देशभरी आबाज बुलँद गर्यो र भारतिय पक्षलाइ पछी हट्न बाध्य गरायो । प्रदेश सरकारको चैतेधान अनुदान घोटाला काण्डको पर्दाफास गरेर देश ब्यापी रुपमा सबै राष्ट्रिय सञ्चार हरुको ध्यान तान्न सफल भयो अहिले पनि सो मुद्दा अख्तियारमा बिचाराधिन छ । गत बर्ष नै झापाको पिण्डालघुटु मागसमेत भारतिय पक्षले सीमा मिचेको बिषयलाइ गौरीगञ्ज दर्पण डटकमले देश ब्यापि रुपमा उठान गर्यो । यसका बाबजुद स्थानिय बिकास निर्माण कार्यमा गौरीगञ्ज दर्पणले निरन्तर निगरानी र खबरदारी गर्दै आइरहेको छ र गरिरहनेछ ।‌
तर यसो हुन हामिलाइ तपाइहरुको अझ धेरै साथ सहयोग र हौसला चाहिन्छ । यहि अपेक्षाका साथ …….
गौरीगञ्ज दर्पण डटकम
तथा सोसियल मिरर मिडिया प्रालि