त बर्ष देखि कोरोना महामारी का कारण थला परेको देशको अर्थतन्त्र बौरीन मात्र थालेको थियो, फेरी दोश्रो चरणको सँक्रमण ले सँसारलाई आतँकित पार्न थालि सकेको छ । कोरोना सँक्रमण सँगै राजनैतिक खिचातानीले समेत यो बर्ष देशले निकै नोक्सानी बेहोर्नुपरेको छ । दलहरुको राजनैतिक स्वार्थ र एक अर्काको खुट्टा तान्ने प्रवृत्ति ले देश, गाउँ र समाज झन झन अस्थिरता तर्फ गइरहेको छ ।
यहि असहज र अस्थिर अबस्था बीच तपाई हाम्रो घर आँगनमा नयाँ बर्ष २०७८ सालले पाईला टेकेको छ । नयाँ चिज निश्चय नै नौलो र आशापुर्ण हुन्छ । आशा गरौ ! नयाँ बर्ष २०७८ साल राजनैतिक स्थिरता को बर्ष बनोस, कोरोना महामारी माथि बिजयको बर्ष बनोस, शान्ति र विकासको बर्ष बनोस र सबैभन्दा महत्वपूर्ण कुरा – यो बर्ष समाजिक समृद्धि को बर्ष बनोस । सबैलाई शुभकामना छ ।
प्रधान सम्पादक
मदन राजवँशी मनप्रीत