८बैशाख, झापा । गौरीगञ्जसँग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
बिहारमा ९३ जना संक्रमित मध्ये ४२ जना निको भएका छन् भने अहिले ४९ जना आइसोलेसनमा रहेका छन् । बिहारमा लकडाउन कडा गरिएको छ ।
भारतिय सञ्चार माध्यमहरुमा अनुसार हाल सम्म पुरै भारतमा कोरोना भाइरस को सँक्रमणबाट ५५९ जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार ६ सय पुगेको छ ।