गौरीगञ्जको छिमेकी रतुवामाइ नगरपालिकामा फेरी थपिए अर्का सँक्रमित

पढ्न समय: 1 मिनेट


९ जेठ गौरीगञ्ज । स्वास्थ्य मन्त्रालयको आजको‌ पछिल्लो अपडेट्समा पुष्टी भएका २० सँक्रमित मध्ये १ जना गौरीगञ्ज गाउँपालिका को छिमेकी रतुवामाइ नगरपालिकाको रहेको खुलेको छ ।
मोरङको रतुवामाइ नगरपालिका २ का ४१ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको श्रोतले जनाएको छ ।

भारत, गुजरातको अहमदाबाद बाट आएका उनलाइ झुर्किया देखि दक्षिण नेपाल भारत सीमा क्षेत्रमा अवस्थित घर्रु चोकको होल्डिङ क्षेत्रमा राखिएको थियो । कोरोना सँक्रमण पुष्टी भएसँगै उनलाइ बिराटनगर स्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा पठाउने तयारी भइरहेको कुरा रतुवामाइ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र भट्टराइले गौरीगञ्ज दर्पणलाइ बताएका छन् ।

- Advertisement -
Ad image

यस अघि जेठ ५ गते रतुवामाइ १ सोनापुर का २५ वर्षिय युवामा पहिलो चोटी सँक्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *