८ बैशाख गौरीगञ्ज । लक डाउनका कारण परीक्षा स्थगित भएका गौरीगञ्ज गाउँपालिका भित्रका बिद्यालयहरुमा बार्गिक परीक्षा सञ्चालन नहुने भएको छ । परीक्षा स्थगित भएका बिषयहरुका हकमा बिगतमा लिइएका ३ वटा त्रैमासिक परीक्षाको प्राप्ताङ्क औषत अँक निकालि सो अँकलाइ बार्षिक परीक्षाको अँक मानी बिद्यार्थीको रिजल्ट निकाल्ने तयारी गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका शिक्षा समिती सँयोजक दिप्न्द्र थापाको अध्यक्षतामा बैशाख ८ गते सोमबार बसेको शिक्षा समितीको बैठकले सो निर्णय गरेको हो ।
कोरोना भाइरस महामारीका जोखिम न्युनिकरण गर्न नेपाल सरकारले गरेको लकडाउन का कारण गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित निजि तथा आबासिय बिद्यालयहरुले केहि बिषयहरुको परिक्षा लिन पाएका छैनन् ।

कक्षा नर्सरीदेखि ९ सम्म को परीक्षा लिन बाकी बिषयहरुको हकमा बिगतमा लिइएको तिन वटा त्रैमासिक परीक्षाहरुको अँकको ‍षत निकालि सो अँक नै बार्षिक रीक्षाको अँक मान्ने र परीक्षा लिइ सकेका बिषयको कपि चेक गरि दुबै अँक जोडेर परीक्षाफल निकाल्ने तयारी गरेका ५ । बैठक पछी निर्णय सुनाउदै शिक्षा समिती सँयोजक थापाले भने ।
बैठकले अभिभावकहरु सँय एक महिनाको शुल्क नलिन निजि तथा आबासिय बिद्यालयहरु सँग आग्रह गर्ने समेत निर्णय गरेको छ । त्यसै गरि गौरीगञ्ज भित्रका सामुदायिक बिद्यालयहरुले कक्षा १ देखि ९ सम्मका परीक्षा फाषन २८ गते बाट सञ्चालन भए चैत ५ गते भित्र सम्पन्न गरिसकेकाले सो परीक्षाको उत्तर पुस्तिका परीक्षण गरि बैशाख १५ गते सम्म शिक्षा समितीमा बुझाउन समेत सँबन्धित बिद्यालयलाइ बैठकले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *