गौरीगञ्जका कुन बिद्यालयको एसईई नतिजा कस्तो ? हेर्नुहोस

पढ्न समय: 5 मिनेट

मदन राजवँशी मनप्रीत

- Advertisement -
Ad image

१४ असार गौरीगञ्ज । गत असार १२ गते प्रकाशित भएको एसइइ परीक्षाको सन्तोष जनक परिणाम यसपाली गौरीगञ्ज क्षेत्र भित्रका कुनै पनि बिद्यालयले ल्याउन सकेन । शुक्रबार गौरीगञ्ज दर्पणले बैधानिक रुपमा चलेका यहाका ५ वटा निजी र चार वटा सामुदायिक बिद्यालयहरुको एसइइ परीक्षा रिजल्ट सँकलन गर्ने जमर्को गर्यो ति सँकलित परिणामहरुको तथ्यगत बिष्लेशण गर्दा केन्द्रिय सरकार र स्थानीय सरकारले बर्षौदेखि गर्दै आएको शिक्षा क्षेत्रको लगानी बालुवामा पानी हाले जस्तै भएको देखिन्छ ।
यस गाउँपालिका भित्र ४ वटा सामुदायिक बिद्यालयहरुले माध्यमिक तह सम्मको शिक्षा प्रदान गरिरहेका छन् । वडा नँ १ कुञ्जीबारी स्थित बालकल्याण माबिबाट एसइइ परीक्षा दिएका जम्मा ७८ जना बिद्यार्थी मध्ये १ जनाले मात्र ३.२५ जिपिए ल्याउन सफल भएका छन् त्यसै गरि सोहि बिद्यालयका २५ बिद्यार्थीले २.५ जिपिए देखि ३.२४ जिपिए ल्याएको कुरा बिद्यालयका प्रअ भिम कोइरालाले गौरीगञ्ज दर्पणलाइ जानकारी दिएका छन् । सो बिद्यालयका ४९ जना बिद्यार्थिले १.६ देखि २.४ जिपिए ल्याएका छन् भने ३ जना बिद्यार्थीले १.६ जिपिए भन्दा पनि कम अँक प्राप्त गरेका छन् ।
वडा नँ २ टटुवामारी स्थित आदर्श माबिबाट एसइइ परीक्षा दिएका ७० जना बिद्‍यार्थी मध्ये १ जनाले बि प्लस‚ ३ जनाले बि‚ १० जनाले सी प्लस‚ ४१ जनाले सी‚ र १५ जनाले डि प्लस ग्रेड प्राप्त गरेको कुरा बिद्यालयका प्रअ लक्ष्मण राजवँशीले जनाएका छन् ।
त्यसै गरि वडा नँ ३ स्थित गौरीगञ्ज माबिबाट एसइइ दिएका जम्मा ४७ जना बिद्यार्थी मध्ये कसैले पनि ३ जिपिए र सो भन्दा माथिको अँक प्राप्त गर्न सकेको छैन । बिद्यालयका शिक्षक कर्मा शेर्पाले फेसबुकमा राखेको बिद्यालयको रिपल्ट अनुसार ४७ जना मध्ये १३ जनाले २ जिपिए देखि २. १५ जिपिए सम्मको अँक प्राप्त गरेको दिखिन्छ भने बाकी ३४ जना बिद्यार्थीको जिपिए २ जिपिए भन्दा कम छ ।
वडा नँ ६ स्थित खजुरगाछी माबिबाट एसइइ दिएका जम्मा ६६ बिद्यार्थी मध्ये दुइ जनाले ३. २ देखि ३. ६ जिपिए सम्मको अँक ल्याउन सझल भएका छन् भने २. ८ देखि ३. २ जिपिए ल्याउनेको सँख्या ३ र २. ४ देखि २. ८ जिपिए ल्याउनेको सँख्या ९ रहेको छ । बिद्यालयका प्रअ गहेन्द्र बिक्रम साहले गौरीगञ्ज दर्पणलाइ उपलब्ध गराएको जानकारी अनुसार परीक्षामा २. ० देखि २. ४ जिपिए ल्याउने बिद्यार्थीको सँख्या २६ र १. ६ देखि २. ० जिपिए ल्याउनेको सँख्या २५ रहेको छ । १ जना बिद्यार्थीले भने १. ६ जिपिए भन्दा पनि कम अँक ल्याएको देखिन्छ ।
सँस्थागत निजि बिद्यालयहरुको कुरा गर्दा यो खबर तयार पार्दा सम्म गौरीगञ्ज दर्पणलाइ प्राप्त रिजल्टहरु मध्ये प्रतिशतको हिसाबले सबै भन्दा राम्रो नतिजा गौरीगञ्ज ३ स्थित ज्ञानोदय आबासीय माबिले प्राप्त गरेको देखिन्छ । बिद्यालयकी प्रिन्सिपल कल्पना थापाले गौरीगञ्ज दर्पणलाइ उपलब्ध गराएको जानकारी अनुसार बिद्यालयबाट एसइइ दिएका जम्मा २० जना बिद्यार्थी मध्ये ४ जनाले ए प्लस‚ ६ जनाले ए र बाकी १० जनाले बि प्लस ग्रेड प्राप्त गरेको छ । त्यसै गरि गौरीगञ्ज ३ कै ज्ञानकुञ्ज एकेडेमी बाट परीषामा सामेल ५१ जना बिद्यार्थी मध्ये ५ जनाले ए प्लस ग्रेड ल्याएका छन् । बिद्यालयका सहायक प्रिन्सिपल उमेश मल्लिकका अनुसार बिद्यालयका १४ जना बिद्यार्थीले ए ग्रेड २२ जना बिद्यार्थीले बि प्लस र ८ जना बिद्यार्थीले बि ग्रेड प्राप्त गरेका छन् । २ जनाले भनेर् सी प्लस प्राप्त गरेका छन् ।

वडा नँ ६ खजुरगाछी स्थित युनिभर्सल एकाडेमीका जम्मा ४० जना एसइइ का बिद्यार्थी मध्ये २ जनाले ए प्लस र ६ जनाले ए ग्रेड प्राप्त गरेको कुरा बिद्यालयका निर्देशक कमलेश्वर राजवँशीले जानकारी दिएका छन् । उनका अनुसार ५ जनाले बि प्लस‚ १३ जनाले बि‚ ७ जनाले सी प्लस र अन्य ७ जनाले सो भन्दा कम ग्रेड प्राप्त गरेका छन् ।
वडा नँ ६ कै मुनलाइड एकेडेमीका प्रिन्सिपल बिजय सिँहले आफु बाहिर रहेको बताउदै बिद्यालयको रिजल्ट बताउन चाहेनन् भने वडा नँ ६ कै देबकोटा माबिका प्रिन्सिपल जनार्दन ढकालले यो रिपोर्ट तयार पार्दा सम्म बिस्तृत रिजल्ट हेर्न नभ्याएको भन्दै रिजल्ट उपलब्ध गराएनन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *