२४ बैशाख गौरीगञ्ज । गौरीगञ्ज क्षेत्र अन्तर्गतको हुलाकी सडकमा काम गर्ने सुर्खेतका मजदुरहरु गौरादहमा अलपत्र परेपछी उनिहरुलाइ उद्दार गरि गौरीगञ्ज ल्याइएको छ ।
गेरीगञ्ज गाउँपालिकाको समन्वयमा गाउँपालिका का उपाध्यक्ष दिपेन्द्र थापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराइ ले गौरादह वडा नँ ७ बाट उनिहरुलाइ गौरीगञ्ज फर्काएका हुन् ।
उनिहरुलाइ ल्याएर गौरीगञ्ज ३ स्थित गौरीउञ्ज माबि मा राखिएको छ भने उनिहरुको खाने ब्यबस्था हुलाकी सडक निर्माण ठेक्का कम्पनि मोतिदान कन्सट्रक्सन ले गर्ने कुरा कन्सट्रक्सन का प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले बताए
उनिहरु पैदल हिडेर सुर्खेत गईरहेको अबस्थामा ग्वालडुब्बाका केहि युवाहरुले उद्दार गरी गौरादह ७ को वडा कार्यालयको समन्वयमा वडा कार्यालयमा राखिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

