रेजिना डोटेल‚
गौरीगञ्ज । भनिन्छ प्रकृति आफै एउटा कलाकार हो । प्रकृतीको कलालाइ बुझ्न कलात्मक आँखा चाहिन्छ । त्यो कलालाइ कैद गर्न झनै जादुगरी हात नै चाहिन्छ ।
शनिबार छठ पुजाको साँझ अस्ताउदो सुर्यलाइ जल अर्पण गर्ने बेलामा गौरीगञ्जको वडा नँ १ र २ को सीमानाका रुपमा रहेको कमल खोला माथि प्रकृतिले एउटा अमुर्त कलाकारिता देखायो । त्यो कला लाइ स्थानीय रेजिना डोटेल र मेनुका राजवँशीले मन मुटु मै सजाए अनि उनिहरुको कलात्मक हातहरुले त्यो प्रकृतीको जादुगरीलाइ भ्याए सम्म क्यामरामा कैद गर्न भ्याए ।
छठ पुजाको साँझ गौरीगञ्जको तुलार्चौन र बिरपुरको बिचमा रहेको कमल खोला घाटका यि मनमोहक तस्विरहरुको छायामा रेजिना डोटेल छिन् भने फोटोग्राफी १४ बर्षिया मेनुका राजवँशीको रहेको छ ।
हेर्नुहोस तस्बिरहरु –










प्रतिक्रिया लेख्नुहोस्