गौरीगञ्ज । अपाँगता भएका ब्यक्तीहरुलाई परिचय पत्र बितरणको अधिकार स्थानीय तहलाई प्रयायोजन गरेपछी गौरीगञ्ज गाउँपालिकाले सो परिचय पत्र बितरण प्रकृया बारे एक दिने अन्तरकृया गरेको छ ।
महिला तथा बालबालिका शाखाको आयोजनामा भएको सो अन्तरकृयामा जनप्रतिनिधीहरु र शाखा प्रमुखहरुको उपस्थिती थियो । श्याम पोख्रेलको सहजिकरणमा भएको अन्तरकृयामा अपाँगताको परिचय, प्रकार र नयाँ ऐन र नियमाबली अनुसार कस्ता अपाँगता भएका ब्यक्तीलाई कुन बर्गको परिचय पत्र दिने भन्ने कुराको चर्चा गरिएको थियो ।
गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र थापा, ईलाका प्रसासन प्रमुख राजु दाहाल, अपाँगता सहयोग समितीका अध्यक्ष शेरमान बुढाथोकी लगायतको उपस्थिती थियो । गाउपालिका बाटै अपाँगता परिचय पत्र बाड्ने सबै कामको तयारी भई सकेको र आउदो साउन देखि गौरीगञ्ज गाउँपालिका महिला तथा बालबालिका शाखा बाटै परिचय पत्र बितरण गरिने कुरा शाखाका प्रमुख शुष्मा कोईरालाले बताए
अपाँगता परिचय पत्र सँबन्धी एक दिने अन्तरकृया
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

