४० ‍औ शिक्षा दिबस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिबसमा गाउँपालिका स्तरिय अन्तरबिद्यालय प्रतियोगिता सम्पन्न

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले ४० ‍औ शिक्षा दिबस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिबसमा गाउँपालिका स्तरिय बिभिन्न अन्तर बिद्यालय प्रतियोगिता सम्पन्न गरेको छ ।
खजुरगाछी माबिको पाङ्गनमा भएको कार्यक्रममा हाजिरि जवाफ निबन्ध लेखन कबिता लेखन बक्तृत्व कला र चित्र कला प्रतियोगिता को आयोजना गरिएको थियो । गौरीगञ्ज गाउँपालिका भरि छरिएर रहेका सामुदायिक तथा सँस्थागत बिद्यालयका बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।
शिक्षा समिती सँयोजक तथा गाउँपालिका उपप्रमुख दिपेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशब भट्टराइ प्याबसन झापाका जिल्ला सचिब जनार्दन ढकाल तथा प्याबसन झापाका पुर्व सल्लाहकार कमलेश्वर सिँह राजवँशी लगायत बिभिन्न बिद्यालयका प्रअ शिक्षक तथा बिद्यार्थीहरु सहभागि थिए ।
प्रतियोगिताको परिणाम गौरीगञ्ज दर्पणमा भोलि प्रकाशित गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply to Aryan khan Cancel reply

Your email address will not be published. Required fields are marked *