मदन राजवँशी मनप्रीत । गौरीगञ्ज । निर्माण कार्य सम्पन्न भइसकेर पनि लामो समयदेखि सञ्चालनमा नआएको हुलाकी सडक अन्तर्गतको रतुवा पुल सञ्चालनमा आउने भएको छ । मोरँगको रतुवामाइ नगरपालिका र झापाको गौरीगञ्ज गाउँपालिका बिच भएको सहमती अनुसार दुवै स्थानीय तहहरुले आआफ्नो क्षेत्र तर्फ अस्थायी तटबन्धन गरि सो पुल सञ्चालनमा ल्याउन लागेको हो ।
रतुवामाइ नगरपालिकाले आफ्नो क्षेत्र तर्फको काम अगाडी बढाएपछी गौरीगञ्ज गाउपालिकाले पनि सो क्षैत्र चासो बढाएको छ । शनिबार गौरगञ्ज गाउँपालकाको इञ्जिनियर सहितको टोलीले रतुवा को आफ्नो क्षेत्र तर्फको तटबन्धनका लागि नाप नक्शाँकन गर्न स्थलगत निरिक्षण गरेको छ ।
रतुवामाइ सँग बाटो खुलाउने सहमती भएको हो सँभवत यसैपालीदेखि पुल माथि बाट हिड्न सकिने गरि काम हुन्छ — इञ्जिनियर सबिन क्षेत्रीले भने ।
यद्यपी रतुवा पुल सञ्चालनमा ल्याउन स्थायी रुपमै तटबन्धन गरि काम अगाडी बढाउने प्रकृया माथिल्लो स्तरमै शुरु भइसकेको जानकारी पुर्व साँसद दीपक कार्कीले दिएका छन् । हुलाकी सडक कालोपत्रे हुने ठेक्का प्रकृया अघि बढी सकेको छ त्यहि हिसाबले रतुवा खोलालाइ स्थायी रुपमै तटबन्धन गरि सञ्चालनमा ल्याउने तयारी भएको हो — उनले गौरीगञ्ज दर्पणसँगको फोन सम्पर्कमा भने ।
पुल सञ्चालनमा ल्याउने कोसिसमा छौ — गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले भने । मौसम र छिमेकी स्थानीय तहले अनुकुल साथ दिए यसापालीको बर्षामा पुल सञ्चालनमा आउन सक्ने कुरामा बिस्वस्त रहेको उनले बताए ।
हुलाकी सडकको रतुवा पुल सञ्चालनमा ल्याइने
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment


संबन्धित क्षेत्र को प्रधानमन्त्री हुनुहुंदा को समय मा पनि यो पुल संचालनमा नआए …….