वडा नँ ३ को सहयोगमा गौरीगञ्जमा खुल्यो जिम खाना

पढ्न समय: 1 मिनेट

झापा २३ पुस । युवा पुस्तालाइ लक्षित गरि गौरीगञ्ज गाउँपालिका वडा नँ ३ मा जिम खाना सञ्चालनमा आएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले रिबन काटेर जिम खानाको उद्घाटन गरेका छन् ।
वडा नँ ३ को आर्थिक सहयोगमा गौरीगञ्ज माध्यमिक बिद्यालयको पुरानो भबनमा जिम खाना सञ्चालन गरिएको हो । जिम खानामा अहिले सिक्स प्याककार्ड प्रो‚ ट्रेड मील‚ मल्टी जीम‚ चेस्ट बेञ्च‚ ट्राइसेट रोप्स‚ पञ्चिङ् ब्याग‚ रबर बल्स‚ डम्बेल्स‚ साइक्लिङ मेसिन लगायतका सामग्रीहरु उपलब्ध रहेको कुरा प्रशसक्षक बिशाल दासले बताएका छन् ।


वडाध्यक्ष मखना महतोको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथ्यता गापा अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए भने गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले मन्तब्य राख्दै जीम खाना बाट गौरीगञ्ज क्षेत्रका युवा पुस्ता लाभान्वीत हुने कुरा बताएका थिए । कार्यक्रममा इप्रका गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराइ सशस्त्र प्रहरी का प्रहरी निरिक्षक साइमन श्रेष्ठ गौरीगञ्ज माबिका प्रअ गोबिन्द घिमिरे लगायतको उपस्थिती रहेको थियो । जिम खानामा प्रशिक्षकका रुपमा बिशाल दास र सुरज पञ्जियार रहने छन् भने सशुल्क सदस्यता लिएर शारिरिक सुगठनका लागि जो कोहि पनि जिम खानामा नियमित आउन सक्ने कुरा वडाध्यक्ष मखना महतोले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *