गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा हकिङ् ग्लोवल एजुकेशनले गौरीगञ्जमा शुरु गरेको लोकसेवा आयोग परीक्षाको तयारी कक्षामा उत्कृष्ट हुने बिद्यार्थीलाइ नगद पुरस्कारको घोषणा गरिएको छ । शनिबार तयारी कक्षाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वडा नँ ३ का वडाध्यक्ष मखना महतोले छुट्टा छुट्टै पुरस्कारको घोषणा गरेका छन् ।
गाउपालिका अध्यक्ष श्रेष्ठले तयारी कक्षा सकिएपछी लिइने टेष्ट परीक्षामा नासु र खरिदार दुबै समुह तर्फ उत्कृष्ट हुने एक एक जनालाइ ब्यक्तीगत तर्फबाट जनहि रु दस दस हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् भने वडा नँ ३ का वडाध्यक्ष मखना महतोले पनि ब्यक्तीगत तर्फबाट दुबै समुहका उत्कृष्ट प्रथम र द्वितिय हुनेलाइ जनहि रु पाच पाच हजार र दुइ दुइ हजार पुरस्कार दिने घोषणा गरेका छन् ।
तयारी कक्षाको उद्घाटन सत्रमा बोल्दै खजुरगाछी उच्च माबिका उप प्राध्यापक अर्जुन दँगालले गौरीगञ्जमा पहिलो पटक लोकसेवा तयारी कक्षा भित्रिएकोले यसलाइ तिहासिक दिनका रुपमा सँझनु पर्ने बताए ।
बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जय साह र अर्जुनधारा नगरपालिकाका योजना अधिकृत बिजय शर्माले नियमित अध्ययन गर्ने बानी बसाले लोकसेवा पास गर्न गाह्रो नहुने कुरा बताए ।
गौरीगञ्ज क्याम्पसका पुर्व प्राचार्य केदारनाथ रिमालले अहिले इन्टरनेटको युगमा पुरै बिश्वसँग आफ्नो पहुच भएकोले लोकसेवा तयारीका लागि श्रोत खोज्न सजिलो रहेका कुरा बताए ।
इन्ट्रान्स परीक्षाबाट नासु र खरिदार गरि दुबै समुहका लागि तीस तीस जना बिद्यार्थी छनौट गरि तयारी कक्षा सञ्चालन गरिएको हो । कक्षा १५ दिन सम्म सञ्चालन हुने छ ।
लोकसेवाका उत्कृष्ट बिद्यार्थीलाइ नगद पुरस्कारको घोषणा
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्


