रतुवामाईका वडा सदस्य करणी आरोपमा पक्राउ

पढ्न समय: 1 मिनेट

विराटनगर। मोरङको रतुवामाई नगरपालिका ३ का वडासदस्य जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया एक महिलालाई जर्बरजस्ती करणी गरेको आरोपमा ३९ वर्षीय विनोद सिंह गनगाईलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा सदस्य गनगाईले गत कार्तिक ७ गते महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ । प्रहरीले लिएको बयानका अनुसार गनगाईले बेलुका ७ः३० बजे काम छ भन्दै धान खेतमा बोलाई लडाएर कराउन समेत नदिई जबरजस्ती कपडा खोलेर करणी गरेपछि फरार भएको पीडित महिलाले आरोप लगाएकी हुन् । गनगाईलाई प्रहरीले सोही रात करिब ११ बजे राती पक्राउ गरि थप अनुसन्धान गरिरहेको हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्