मेराे मामाघर दरभङ्गा
राम्राे लाग्छ
फूलहरू
जूनहरू
उस्तै उस्तै राम्राे लाग्छ ।
नानी माया गर्छिन्
“प्यारी
न्यारी
हिमालके बेटी ।”
म सम्झाउँछु
“हामी मधेशी !”
नाना मुस्कुराउँछन्
“आहाँके घर मधेशमे
आहाँ नेपाली
नेपालके बेटी
सीता ।”
- अर्जुन दँगाल ‘अपार‘
प्रतिक्रिया लेख्नुहोस्