
गौरीगञ्ज, ३० कार्तिक । गौरीगञ्ज दर्पणले शुक्रबार गेरीगञ्ज ३ ठेकिटोल को रोक्का परिवारको एक मात्र छोरा देबेन्द्र मृगौला रोगले थलिए पछि परिवार बिचल्लिमा परेको भिडियो रिपोर्ट प्रसारण गरेपछी गौरीगञ्जका निर्माण ब्यावशायि श्रवण गिरीले रु २५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका छन् ।
व्याबशायि गिरीले शनिबार साँझ पिडितको घरमै पुगेर पिडित कि श्रीमती बन्दना रोक्का लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले पिडितका लागि आफ्नासाथीभाईको सर्कल बाट अझ आर्थिक सहायता जुटाइ दिने बाचा समेत गरेका छन् ।
गिरी गत स्थानिय तहको निर्वाचनमा लोकतान्त्रिक फोरमका तर्फबाट गौरीगञ्ज गाउँपालिकामा लागि उपाध्यक्षको उम्मेदवारी दिएका थिए ।
उनले चेक हस्तान्तरण गर्दा देवबहादुर रोक्का बचाउ अभियानका सँयोजक यादब रिजाल, पिडितका बुवा कबिराज रोक्का लगायत स्थानियहरु उपस्थित थिए ।
सहयोगि मन भएका श्रवण गिरीलाई देवबहादुर रोक्का बचाउ अभियान र गौरीगञ्ज दर्पपणका तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौ ।

