बलबहादुर र मेलिनाको जेलपनि सहुँला.. ले पार गर्यो १ करोड भ्युज

पढ्न समय: 1 मिनेट


अहिलेका चर्चित गायक बलबहादुर राजवँशी र मेलिना राइको युगल स्वरमा रहेको चर्चित गित जेलपनि सहुँला ए कान्छी नेलपनि सहुँला… ले छोटो समयमै युट्युवमा १ करोड भन्दा बढि भ्युज कमाउन सफल भएको छ ।
करिब ३ महिना अघि ट्वेल्भ नोट्स च्यानलबाट अपलोड भएको सो गितको म्युजिक भिडियो लामो समय युट्युबको ट्रेन्डिङमा समेत रहेको थियो । रोहन पौडेल ‘जनक’ को शब्द र हरि लम्सालको सँगितमा रहेको गितको म्युजिक भिडियोमा जीवन भट्टराइ र लक्ष्मी बर्देवा तथा राज खड्कालाइ अन स्क्रिन देख्न सकिन्छ । स्कुलकी शिक्षिका र पाले बिचको प्रेमलाई सरल रुपमा प्रस्तुत गरेको सो म्युजिक भिडियोको निर्देशन पनि लक्ष्मी बर्देवा र जीवन भट्टराइले नै गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्