
झापा २२ पुस । नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध अभिकर्ताहरुको छाता सँगठन “पेशागत बिमा अभिकर्ता सँघ” को गौरादह उप शाखाको अध्यक्ष पदका लागि गौरीगञ्जका धिरज अग्रवाल चयन भएका छन् । बिमा अभिकर्ताहरुको मँगलबार बसेको प्रथम भेलाले अग्रवालको नेतृत्वमा ११ सदस्यिय कार्य समिती चयन गरेका हुन् । समितीमा उपाध्यक्ष पदका लागि शारदा सुबेदी चयन भएका छन् भने सचिब पदका लागि राजिब भण्डारी छानिएका छन् । त्यसै गरि सह सचिबमा सिर्जना शिबाकोटी र कोषाध्यरक्षमा लेखनाथ आचार्य चयन भएका छन् । सदस्य पदका लागि गँगा तिमल्सिना रिता ढुँगाना चापागाइ रोमा थापा देबका श्रेष्ठ रोजिना दास र एलिशा कार्की चयन भएका हुन् ।

त्यसै गरि भेला ले भिम रायमाझीको सँयोजकत्वमा सल्लाहकार समिती समेत गठन गरेको छ । समितीको सदस्यमा दुर्गा देवी सिटौला छानिएका छन् ।
अग्रवालको आज जन्मदिन समेत परेको र आजकै दिन पेशागत बिमा अभिकर्ता सँघको गौरादह शाखा को नेतृत्व गर्न पाएकोमा आफु गौरवान्बित भएको कुरा बताउदै आफु माथि अभिकर्ताहरुको हक हितको समेत जिम्मेबारी थपिएको र सो जिम्मेबारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने कुरा अग्रवालले गौरीगञ्ज दर्पणलाइ बताएका छन् ।

